बस दुर्घटनामा एकको मृत्यु, तीसबढी घाईते

                       

उदयपुर, साउन २६–उदयपुरको साउने गाविसमा सोमबार दिउँसो भएको दुर्घटनामा परी एक जनाको घटनास्थलमा नै ज्यान गएको छ भने तीस जना बढि घाईते भएकाछन ।
दुर्घटनामा परी पोखरी ९ घर भई हाल रौता ४ गोगने बस्दै आएका बसका सहचालक २१ बर्षीय रामु भन्ने मोहन प्रसाद चौलागाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गाईघाटबाट आँपटारको फोक्सिन्टार तर्फ जाँदै गरेको ना.३.ख ४४५९ नम्बरको पाथिभरा ट्राभल्स साउनेको १६ नम्बर घुम्ति हाडेथुम्कीमा दिउँसो १ बजे दुर्घटना भएको हो ।
ढोकाको छेउमा रहेका चौलागाई भाग्न नसक्दा बसले किचेको अबश्थामा फेला परेकाछन । मृतक चौलागाईलाई झण्डै तीन घण्टापछि प्रहरी र बसका कर्मचारीले बसबाट निकालेका थिए ।
दुर्घटनामा घाईते भएकामध्ये तीनको अबश्था गम्भिर छ । गम्भिर घाईते त्रियुगा नगरपालिका २७ बर्षीय भुपाल घिमिरे, जाँते गाविसका २८ बर्षीय बिमला कार्की र पोखरीका दलबहादुर रानालाई थप उपचारका लागि जिल्ला वाहिर पठाइएको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।
बाँकी सबैको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढि लोड बोकेकाकारण ब्रेकले काम नगर्दा दुर्घटना भएको घाईतेहरुले बताएकाछन । दुर्घटना ग्रस्त बस सडक किनारामा पल्टिएको घाईतेहरुले बताएकाछन ।

,

0 comments

Write Down Your Responses