आफ्नी पत्नी स्वेताले यसरी अन्तिम पटक हेरिन श्री कृष्णलाई |
२०७१ काठमाडौ, साउन २७ गते ९:२३ एम
दिवंगत चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको सोमबार अबेर पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको थियो । उनको सरकारी सम्मानका साथ अन्तेष्टि गरिएको हो । पशुपति आर्यघाटमा श्रीकृष्णको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधानतथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह तथा सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएका थिए । यस्तै नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । उनको अन्तिम बिदाईका लागि पशुपति क्षेत्रमा हजारौं समर्थकहरु उपस्थित थिए ।
एक महिनाअघि मात्रै नायिका स्वता खड्कासँग विवाह बन्धनमा बाँधिएर भारत हनिमुन गएका बेला श्रीकृष्ण बिरामी परेका थिए । बिरामी परेपछि त्यही उपचाररत उनको आइतबार बिहान निधन भएको थियो ।हिजो मात्रै उनको शबलाई नेपाल ल्याइएको थियो । त्रिभुवन विमानस्थलबाट शवयात्रासहित उनलाई प्रज्ञा प्रतिष्ठान पु¥याइएको थियो । उनलाई अन्तिम श्रद्धान्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रका कलाकारलगायतहरु तथा विभिन्न राजनीतिक दलका नेताहरु तथा सरकारका मन्त्रीहरुको उपस्थति रहेको थियो । अन्तिम श्रद्धान्जली दिनेमा एमाओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री बामदेव गौतम, कानुनमन्त्री नरहरी आचार्य, लगायत उपस्थित थिए ।
0 comments
Write Down Your Responses