अर्थव्यवस्थाका कारण सातामा एकपटक मात्र सेक्स

लण्डन, ब्रिटेनका पुरुषहरू तथा महिलाहरूले बताए अनुसार अर्थव्यवस्थाका कारण उनीहरूको सेक्स लाइफमा नराम्रो असर परेको छ । उनीहरूले बताए अनुसार यस कारणले हामी सातामा मात्र एक पटक सेक्स गर्ने गर्दछौं । यस बाहेक ७६ प्रतिशत पुरूषहरूले भने उनीहरू पोर्नोग्राफी हेरेरनै काम चलाउँदछन, जबकि आधा महिलाहरू कामुक साहित्य पढेर समय बिताउने गर्दछन । स्मरणीय छ सन २००८ मा औसत ब्रिटेनवासी एक महीनामा सात पटक सेक्स गर्ने गरेको कुरा अनुसन्धानले देखाएको थियो । अब भने उनीहरू एक महिनामा मात्र चार पटक मात्र सेक्स गर्दछन ।



तीन मध्ये एक ब्रिटिश नागरिक त अब महिनामा एक पटक पनि सेक्स गर्दैनन । स्मरणीय छ, सन २००८ मा जहाँ ७६ प्रतिशत मानिसहरू आफ्नो सेक्स लाइफबाट सन्तुष्ट थिए, अहिले त्यो संख्या घटेर ६३ प्रतिशतमा झरेको छ । मेल अनलाइनमा पोल डोनेली लेख्छन कि ५३ प्रतिशत महिलाहरूले यो कुरा स्विकारेका छन कि उनीहरू ‘फिफ्टी शेड्सछ अफ ग्रे’ जस्ता कामुक उपन्यास पढ्दछन ।

एक सर्वेक्षणमा यस कुराको खुलासा भएको हो । जस अनुसार मुलुकको आर्थिक मन्दीले ब्रिटेनवासीहरूलाइ आर्थिक रूपले मात्र कमजोर बनाएको छैन, उनीहरूको सेक्स लाइफलाइ पनि नोक्सान पुर्याएको छ । अहिले यस्तो प्रतीत हुन्छ कि कठोर आर्थिक समयले मानिसहरूको आत्मविश्वासलाइ निकै नराम्रोसंग प्रभावित गरेको छ । सन २००८ मा द अव्जर्भर द्वारा गराइएको एक सर्वेक्षण अनुसार त्यतिबेला आधा भन्दा धेरै मानिसहरूले उनीहरू बेडरूममा आफुलाइ औसत मान्दथे ।

आज मात्र एक तिहाई मानिसहरूलमा यति विश्वास बचेको छ । सर्वे को परिणामबाट के कुरा पत्ता लागेको छ भने आजकल ५३ प्रतिशत महिलाहरू कामुक उपन्यासहरूबाट मन बहलाउने गर्दछन, जबकि यस्तो गर्ने पुरुषहरूको संख्या मात्र ३६ प्रतिशत रहेको छ । त्यस्तै ७६ प्रतिशत पुरुष पोर्नोग्राफी हेर्दछन र यस्तो गर्ने महिलाको संख्या मात्र ३६ प्रतिशत रहेको छ ।

यस सर्वेक्षणलाइ ओपीनियन रिसर्चले गरेको थियो, जसमा उसले भनेको थियो कि आठ जुलाई देखि लिएर १४ जुलाई, २०१४ को बीचमा १०५२ जना मानिसहरूसंग अनलाइन सर्वेक्षण गरिएको थियो । यस सर्वेक्षणका क्रममा यस कुरालाइ निकै सावधानी राखिएको थियो कि ती वयस्क सहभागीहरूको नाम पूर्ण रूपमा गोपनीय राखियो । उक्त सर्वेक्षणबाट के कुरा पत्ता लागेको छ भने, आफ्नो सेक्स लाइफबाट मात्र ६६ प्रतिशत महिलाहरूमात्र सन्तुष्ट छन, जबकि यस्ता पुरूषहरूको संख्या ६० प्रतिशत रहेको छ ।

,

0 comments

Write Down Your Responses