के अचेल तपार्इ कम सुत्नु हुन्छ?यो पढ्नुस

अचेल बदलिदो विश्वमा भएका विविध प्रविधी तथा सामाजिक सञ्जालहरूको कारणले धेरै मान्छेहरू कम सुत्ने तथा अाराम गर्ने गर्दछन ।


पर्याप्त मात्रामा शरीरलार्इ अाराम नपुग्दा विभन्न किसिमका समस्याहरू देखा पर्दछन । चाहिँदो भन्दा बढी सुत्नु मात्र होइन, कम सुत्नु पनि उत्तिकै नोक्सानदायक हुन सक्छ । कम सुत्ने व्यक्तिको मस्तिष्क समय अगावै बूढो हुन थाल्छ । ५५ वर्षमाथिका ६६ स्वस्थ चिनियाँ व्यक्तिमा अनुसन्धानपछि निकालिएको यो तथ्य 'स्लिप जर्नल' मा प्रकाशित छ ।

अध्ययन अनुसार, सात घन्टाभन्दा कम सुत्ने व्यक्तिको मस्तिष्कमा विपरीत प्रभाव पर्ने गर्छ । दिनहुँ जति कम सुत्दै गयो स्मरणशक्ति उतिउति घट्दै जान्छ । कम सुत्ने व्यक्तिहरूमा अल्जाइमर जस्तो मानसिक रोगको जोखिम बढी हुने अनुसन्धाताहरूले बताएका छन् ।स्लिप जर्नलबाट

,

0 comments

Write Down Your Responses