विश्‍वकपका रोचक तथ्य यस्ता छन् हेर्नुस

रियो दे जेनेरियो : विश्‍वकप फुटबलको फाइनल केवल हारजितमा मात्र सीमित हुँदैन। दुई टोलीबीच मैदान हुने घम्साघम्सीबीच थुप्रै रमाइला तथ्य लुकेका हुन्छन्। सन् १९५० मा ब्राजिल, सन् १९५४ मा स्विडेन, सन् १९६२ मा चेकोस्लोभाकिया, सन् १९६६ मा पश्‍चिमजर्मनी र सन् १९७४ मा नेदरल्यान्ड्सले सुरुमा अग्रता लिएर पनि जित हात पार्न सकेनन्। यसबाहेक विश्‍वकपको फाइनलसँग जोडिएका अन्य धेरै रमाइला तथ्य छन्।



त्यसमध्ये यहाँ केही प्रस्तुत गरिएको छ :

उरुग्वे ४ अर्जेन्टिना २ (सन् १९३०)

उरुग्वेले १२ औं मिनेटमा अग्रता लियो। तर २० औं र ३७ औं मिनेटमा गोल गरेर अर्जेन्टिना पहिलो हाफमा २-१ ले अगाडि बढ्यो। दोस्रो हाफमा खेलमा फर्किंदै उरुग्वेले दुई गोल गर्‍यो। ५७ औं मिनेटमा खेल बराबरीमा ल्याएको उरुग्वेले ६८ र ८९ औं मिनेटमा गोल गरेर खेलको नतिजालाई ४-२ ले आफ्नो पक्षमा पार्‍यो।

इटाली २ चेकोस्लोभाकिया १ (सन् १९३४)

प्रतिस्पर्धात्मक खेलको ७१ औं मिनेटमा चेकोस्लोभाकियाले अग्रता लिएको थियो। तर ८१ औं मिनेटमा इटालीले गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो। ९५ औं मिनेटमा इटालीले निर्णायक गोल गरेर २-१ ले खेल जित्यो। फाइनल पुग्नुअघि दुवै टोलीले सबै खेल जितेका थिए।

उरुग्वे २ ब्राजिल १ (सन् १९५०)

घरेलु मैदानमा उपाधि जित्ने राम्रो अवसर थियो ब्राजिललाई। समूहगत चरणमा तीन जित र एक बराबरी खेलेको ब्राजिलले दोस्रो तथा अन्तिम चरणमा पनि राउन्ड रोबिनमै खेल्नुपर्ने थियो। उरुग्वेविरुद्धको अन्तिम खेलले उपाधिको छिनोफानो लगाउने थियो। समूहगत चरणमा सबै खेल जितेको उरुग्वे अन्तिम चरणमा ब्राजिलसँग भिड्नुअघि ब्राजिलभन्दा एक अंकले पछाडि थियो। ब्राजिलले ४७ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लियो। तर उरुग्वेले खेलमा पुनरागमन गर्दै ६६ औं र ७९ औं मिनेटमा गोल ग:यो र खेल २-१ ले जित्यो।

पश्‍चिमजर्मनी ३ हंगेरी २ (सन् १९५४)

छैटौं र आठौं मिनेटमा गोल गरेर हंगेरी खेलको सुरुमै २-० ले अगाडि बढेको थियो। तर पश्चिमजर्मनीले उत्कृष्ट पुनरागमन ग:यो। १० औं र १८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको पश्चिमजर्मनीले ८४ औं मिनेटमा निर्णायक गोल गरेर ३-२ को नतिजासहित उपाधि जित्यो। समूहगत चरणमा पनि यी दुवै टोलीबीच खेल भएको थियो। यसमा हंगेरी विजयी भएको थियो।

इङ्ल्यान्ड २ पश्‍चिमजर्मनी ४ (सन् १९६६)

पश्‍चिमजर्मनीले १२ औं मिनेटमा अग्रता लिए पनि त्यसको ६ मिनेटपछि इङ्ल्यान्ड बराबरीमा फर्कियो। ७८ औं मिनेटमा इङ्ल्यान्ड खेलमा अगाडि बढे पनि ८९ औं मिनेटमा पश्चिमजर्मनीले खेल बराबरीमा ल्यायो। त्यसपछि अतिरिक्त समयमा दुई गोल गरेर इङ्ल्यान्डले उपाधि जित्यो।

अर्जेन्टिना ३ नेदरल्यान्ड्स २ (सन् १९७८)
अर्जेन्टिनाले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो। तर डच टोलीले ८२ औं मिनेटमा गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो। त्यसपछि अतिरिक्त समयमा दुई गोल थपेर अर्जेन्टिनाले ३-१ ले उपाधि हातपार्‍यो।

अर्जेन्टिना ३ पश्‍चिम जर्मनी २ (सन् १९८६)
खेलको २३ औं र ५६ औं मिनेटमा गोल गर्दै अर्जेन्टिना २-० गोलले अगाडि बढेको थियो। ७४ औं र ८१ औं मिनेटमा गोल गर्दै पश्चिमजर्मनीले खेल बराबरीमा ल्यायो। तर ८४ औं मिनेटमा निर्णायक गोल गरेर अर्जेन्टिनाले निर्धारित समयमै खेल ३-२ ले जित्यो।

ब्राजिल ३ इटाली २ (सन् १९९४)

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरमा पुग्नुपर्‍यो। पेनाल्टी सुटआउटमा दुवै टोलीको सुरुको प्रहार गोल हुन सकेन। इटालीका तर्फबाट अन्तिम प्रहार गर्न आएका रोबर्टो बाजियो असफल भएपछि ब्राजिल विजेता बन्यो। बाजियो त्यतिबेला चर्चाको शिखरमा थिए। -एजेन्सी

, ,

0 comments

Write Down Your Responses