बिरामी भएपछि ‘कोहिनुर’ सफलता कार्यक्रममा स्वेता आउन सकिनन्
चलचित्र ‘कोहिनुर’को निर्माणपक्षले सिनेमा सफल भएको खुशी मनाउँदै ५१ दिने कार्यक्रम आयोजना गरेको छ । आज काठमाण्डौमा आयोजना भएको कार्यक्रममा सिनेमा सफल बनाउन सहयोग गर्ने पत्रकार, कलाकारलाई सम्मान गरिएको छ । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले कलाकार र पत्रकारलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरेका छन् ।
नायिका स्वेता खड्का भने बिरामी भएपछि कार्यक्रममा सहभागी हुन सकिनन् । उनी अस्पतालमा रहेको जानकारी निर्माणपक्षले दिएको थियो । यसैबिच, कार्यक्रममा चलचित्रका वितरक सुनिल मानन्धरले निर्देशक आकाश अधिकारीलाई ५ लाखसहित सम्मान गरे । सिनेमा नगरीमा आफूले वितरण गरेको सिनेमामध्ये
सबैभन्दा धेरै व्यापार गर्न सफल सिनेमा निर्देशन गरेको भन्दै उनलाई सुनिलले सम्मान गरेका हुन् ।
साउन २३ गतेबाट प्रदर्शनमा आएको यो सिनेमाले करिब ११ करोड माथिको ग्रस कलेक्शन गरेको बताइएको छ । नायक श्रीकृष्ण श्रेष्ठको साउन २४ गते दिल्लीको गंगाराम अस्पतालमा निधन भएको थियो ।
www.onlinekhabar.com
0 comments
Write Down Your Responses