कन्यादानमा १६० करोड दान गरेपछि….

गुजरात, गुजरातको पोरबन्दरका सांसद विट्ठल रादडियाले आफ्नी बुहारीको बिबाह गरेर समाजमा एक उदाहरण पेश गरेका छन । दबंग छविका मानिने रादडियाले बुहारीको पुन बिबाह गराएका छन र कन्यादानमा १०० करोड भारतीय रूपैया अर्थात १६० करोडको सम्पती कन्यादानमा दिएका छन । केही महिना अघि विट्ठल रदाडियाका छोरा कल्पेशको मृत्यु भएको थियो कल्पेशको १०० करोड भारूको सम्पत्ति पनि अहिले बिबाह गर्दा कन्यादानमा दिएका हुन ।



रदाडियाले बुहारी मनीषाको पुनः विवाह गर्ने निर्णय गरे । रदाडियाले आफ्नो छोराका साथी हार्दिकसंग बुहारी मनीषाको बिबाह गराइदिए र आफुनै पीता बनेर कन्यादान पनि गरेका छन । विट्ठलले आफ्नो छोरा र मनीषाको बच्चाको भविष्यलाइ हेर्दै यो निर्णय लिएको बताएका छन । हार्दिक र मनीषा एकसाथ विट्ठल रदाडियाको साथमा नै बस्नु पर्ने बताइएको छ । यहाँको जामकन्डोरणामा यो विवाह समारोहको आयोजना गरिएको थियो । एजेन्सी

, ,

0 comments

Write Down Your Responses