हुर्केका छोरीलाइ सेक्स क्याम्पसमा भर्ना !

काठमाडौ, अफ्रिकाको मलावीमा आमाबाबुहरुले आफ्ना हुर्केका छोरीहरुलाई सेक्स क्याम्पमा पठाउँने गर्दछन भन्दा अचम्म लाग्न सक्दछ । त्यस ठाउमा छोरीको उमेर १० वर्ष पुगेपछि कुमारित्व भंग गर्नका लागी भन्दै सेक्स क्याम्प पठाउने चलन रहेको छ।
यहाँकी एक १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर यौन शिक्षा दिइएको छ। उनी क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ उनलाई एक साता सम्म ठुलाको सम्मान तथा घरधन्दा गर्न सिकाइएको थियो । त्यहाँ उनलाई यौन सम्बन्ध राख्ने तरिकाहरूका सम्बन्धमा निकै राम्रो तरिकाले जानकारी दिइयो ।
यस क्याम्पमा पुगेका युनाइटेड नेशन फाउण्डेशनका पत्रकारहरुको टोलीले बताए अनुसार उक्त क्याम्पमा एक महिला त्यहाँ आएका किशोरीहरुलाई यौन क्रियाका लागि बढावा दिइरहेकी थिइन् । त्यति मात्र होइन क्याम्पमा नृत्य गरेर वा अन्य तरिका अपनाएर पुरुषलाई कसरी खुसी पार्ने भन्ने कुरा समेत सिकाउने गरिन्छ ।
गर्ल्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार कहिलेकाहिँ त्यहाँ वयस्क पुरुषहरु समेत आउँने गर्दछन । राति आउने त्यस्ता पुरुष को हुन् भन्ने जानकारी किशोरीलाई हुँदैन । तर, उनीहरुले यौन शिक्षा अन्तर्गत ती भुसतिघ्रेहरुलाई सन्तुष्ट पार्न सक्नुपर्ने बताइएको छ । यसरी यौन शिक्षाको प्रक्रिया अपनाउँदा कक्षा लिने क्रममा सुरुमानै कतिपय किशोरीहरू आमा बन्ने अवस्थामा पुग्ने गरेको कुरा नेटवर्कले जनाएको छ ।

,

0 comments

Write Down Your Responses