योग र जीवन : सलाद र स्वास्थ्य
पाचन रस वृद्धिमा सलाद उपयोगी हुन्छ।
- खाना खानुभन्दा पहिले सलाद खानु राम्रो हुन्छ।
- कालो नुन मिसाइएको अदुवाको सलादले अरुचि ठीक गर्छ भने जोर्नीको पीडा आदिमा फाइदा पुर्याउँछ।
- कागतीको रस र सिधे नुन मिसाइएको अदुवाको सलादले बाथ, कफ विकार आदिलाई ठीक गर्छ।
- मुलाको सलाद पाच्य र वि्रदोष हटाउने खालको हुन्छ।
- करेलाको सलादले पेटका किरा नष्ट गर्छ भने कफ आदिलाई ठीक गर्छ।
- मीठो निमको सलाद रुचिकर र सबै दोष हटाउने गुणले युक्त हुन्छ।
- काचो आँपको सलाद रुचिकर तथा वाथ नाशक हुन्छ। यद्यपि यसले कफ-पित्त आदि पनि बढाउँछ।
- विभिन्न मसला मिसाएर बनाइएको केरा (कोला) को सलादबाट पित्तसम्बन्धी रोगबाट छुटकारा पाइन्छ।
- धेरै फल मिसाएर पनि सलाद बनाउन सकिन्छ। सलाद भोजनपूर्व नै ग्रहण गर्नु राम्रो हुन्छ।
लभ टिप्स : प्रेमलाई ताजा राख्न
- प्रेमलाई सर्वोपरि सम्झेर त्यसमा कुनै पनि चीज हाबी हुन दिनु हुँदैन।
- यदि सम्भव भए प्रेमी वा प्रेमिकाको बानी-व्यवहारसँग सम्झौता गर्ने प्रयास गरौं।
- आफ्ना प्रेमी वा प्रेमिकाको गुणको कदर गर्न सिकौं।
- एक-अर्काबाट अनावश्यक अपेक्षा नगरौं।
- आफ्नो प्रेमी वा प्रेमिकालाई अरूसँग तुलना नगरौं।
- आर्थिक अवस्थालाई ध्यानमा राखेर इच्छा/आकांक्षाहरूलाई सीमित गरौं।
किचेन टिप्स
- सामान्य फेरबदलबाटै घरलाई आकर्षक एवं आधुनिक लुक्समा सजाउन सकिन्छ।
- फ्लोन्टिङ क्यान्डिल प्रयोग गरौं, यसले मोर्डन एवं क्लासिक लुक दिन्छ।
- क्लासिक लुकका लागि लाल्टिनको प्रयोग पनि राम्रो विकल्प हो।
- इलेक्टि्रक लाइटिङमा अहिले ज्वेलरी बल्बको माग बढी छ। यसले पनि घरको सजावटमा थप रंग भर्छ।
- सजावटका सामग्री कोठाको आकार एवं रंगसँग सुहाउँदो हुनुपर्छ।
- इन्डोर प्लान्ट खरिद गर्दा पनि कोठाको बनावटलाई ध्यानमा राख्नुपर्छ।
सेक्स फ्याक्ट : मोटोपनाले बढाउँछ पित्त थैलीको पत्थरको खतरा
मोटोपनलाई रोगको घर पनि भनिन्छ। मोटोपनले मुटुरोग तथा रक्तचापको खतरा बढाउँछ। हृदयाघात, उच्च रक्तचाप, मधुमेह आदि बढी मोटोपनका कारण हुने समस्या हुन्, तर मोटोपनको नकारात्मक असर यतिमा मात्र सीमित छैन।
पछिल्लो अध्ययनले मोटोपनले खासगरी किशोर-किशोरीहरूमा पित्तथैलीको पत्थरीको खतरा बढाएको देखाएको छ। अमेरिकामा गरिएको अध्ययनमा बढी तौल भएका किशोर-किशोरीहरूमा पित्तथैलीको पत्थरीको समस्या बढी देखिएको छ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा गरिएको अध्ययनका क्रममा शरीरको तौल बढी भएकाहरूमा पत्थरीको समस्या ठिक्क तौल भएकाहरूको तुलनामा दोब्बर बढी देखिएको थियो।
वास्तवमा पित्तथैलीमा पत्थरी हुनु भनेको स-साना पत्थरजस्ता वस्तु पित्तथैलीमा जम्नु हो। यी वस्तु खासमा कुनै ढुंगा वा पत्थर नभएर कोलेस्टेरोल जम्मा भएर बनेका हुन्छन्। पित्तथैलीमा हुने पत्थरीले आन्द्रामा आउनुपर्ने पित्तको बाटो रोकिदिन्छन् भने पित्तथैली, कलेजो तथा प्यांक्रियाजमा समेत क्षति पुर्याउँछन्।
किड केयर
- एउटा चरणमा पुगेपछि शिशुको दाँत फेरिन्छ। यस्तो बेला विशेष सतर्कता अपनाउनुपर्छ।
- हल्लिएको दाँत निकाल्नुअघि गिजामा हल्का मालिस गर्नुपर्छ।
- दाँत निकालिसकेपछि पीडा कम गर्न चिसो खानेकुरा दिनुपर्छ।
- दाँत निकाल्न बजारमा उपलब्ध मखमलको नरम खेलौना प्रयोग गर्न सकिन्छ।
- दाँत निकालिसकेपछि पीडा कम गर्ने औषधि उपयोगी हुन्छ।
हेल्थ केयर : महिलालाई निरोगी बनाउन
मुखमैथुन महिलाहरूलाई निकै फाइदाजनक हुने एक अध्ययनले देखाएको छ। अमेरिकामा गरिएको उक्त अध्ययनमा मुखमैथुनका क्रममा यौनाङबाट निस्कने तरल पदार्थमा पाइने रसायनमा महिलाहरूको आत्मियता बढाउने, डिप्रेसन हुन नदिने तथा राम्रो निद्रा लगाउने विशेषता हुन्छ। मुखमैथुनले डिप्रेसन रोकी मानसिक रूपमा निरोगी बनाउँछ। न्युयोर्क स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानबाट उक्त तथ्य पत्ता लागेको हो। अनुसन्धानमा २ सय ९३ जनालाई सहभागी गराइएको थियो। मुखमैथुनका क्रममा यौनाङ्गबाट निस्कने तरलपदार्थ सिमेनमा हुने स्परमाटोजोवा तथा कोर्टीसलले आत्मियता बढाउन सहयोग गर्ने खोजकर्ताहरूले उल्लेख गरेका छन्। यसैगरी इस्ट्रोन र अक्सिटोसिनले राम्रो मुड बनाउन मद्दत गर्छ।
एक्जाम टिप्स
- एउटै विषय एवं पाठमा धेरै समय खर्च नगरौं।
- अध्ययनका लागि समय तालिका बनाऔं।
- रिभाइज गर्दा बेला-बेला १०-१५ मिनेटको ग्याप लिनुपर्छ। त्यतिबेला गीत सुनेर वा खेल खेलेर मस्तिष्कलाई आराम प्रदान गर्न सकिन्छ।
- राति धेरै बेर पढ्नुभन्दा बिहान सवेरै उठेर पढ्ने बानी बसालौं।
- नियमित ७ घण्टा राम्रोसँग निदाउनु आवश्यक छ।
खानपानमा सतर्क रहनुपर्छ।
0 comments
Write Down Your Responses