एकै रातमा ३१ युवतीलाई चुम्बन
यस्तै नाटिंगघम युनिभर्सिटीमा अध्ययन गर्ने एक युवकले आफ्नो कलेज जीवन त्यस्तै यादगार बनाएका छन् । उनको यो कामले सबैलाई आश्चर्यमा समेत पारेको छ।
डेली मेलमा प्रकाशित समाचारअनुसार २२ वर्षीय जेम्स हेसलटाइन केमेस्ट्रीका छात्र हुन् । एउटा प्रतिस्पर्धाका क्रममा उनले चुनौति यति मस्तीका साथ लिएकी सबै आश्चर्यमा परे । उनले एकै रातमा ३१ अलग अलग युवतीको ओठमा किस गरे । यस्तो उनल् रक सिटी नामको एउटा पबअगाडि सडकमा गरेका हुन् । जेम्सले युनिभर्सिटीमै अध्ययनरत कयौ युवतीलाई एकपछि अर्को गर्दै चुम्बन गरे ।
जेम्स भन्छन्–त्यो पागलपनले भरिएको रात थियो, जम मैले त्यसो गरेँ । उनले आफूले किस गरेका युवतीहरु आफ्नै साथी भएको बताए । ३१ युवतीसँगै उनले एक जना पुरुष मित्रलाई पनि चुमे । यो गतिविधि उनकै एक जना साथीले सबै सुट गरेका थिए । उनले सबै तस्वीर एउटा ऐपमा अपलोड पनिगरे । त्यसलगत्तै यो तस्वीर सबैतिर फैलियो । kissed-31-girls-in-one-night-1kissed-31-girls-in-one-night-2kissed-31-girls-in-one-night-3kissed-31-girls-in-one-night-4
जेम्सले यो एक प्रकारको बदमासी भएको स्वीकार गरे । तैपनि कुनै पनि साथीमा गुनासो नरहेको बरु मस्ती गरेको उनले बताए । उनले ३१ युवतीलाई चुम्बन गरे पनि आफू एक्लै घर फिरेको बताए ।
उनीहरुको यो हर्कत देखेर एक सामाजिक कार्यकर्ताले भने यसो गर्न नहुने बताइन् । यस्तो भिडियो बनाएर पोष्ट गर्न नहुने भन्दै उनले कुनै युवतीलाई किस गर्नुअघि सोध्नु आवश्यक रहेको बताइन् । एजेन्सी
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses