गाउँले केटी बन्न गार्हो भयो प्रियंकालाई
काठमाडौं । शहरमा जन्मेर शहरमै हुर्केकि हुन् प्रियंका कार्की । सुविधा सम्पन्न कलेज पढेकी पि्रयंकाले अभिनय गर्दा पनि धेरै जसो फिल्ममा शहरीया युवतिकै चरित्र निर्वाह गरिन् ।
उनि भन्दैथिइन् ‘शहरमै जन्मे हुर्केकाले मलाइ गाउँले युवतिको चरित्र निर्वाह गर्न निकै गार्हो भयो । तर, निर्देशकको सहयोगले राम्रो गरेको छु ।’ यो फिल्मवाट निकै आशावादी छिन रे उनी ।
रंगमञ्चकी पुरानी कलाकार सूर्यमाला खनालले पनि यो फिल्ममा अभिनय गरेकी छिन् । अर्का कलाकार अर्पण थापाले यस फिल्ममा सुचिकारको भुमिका निर्वाह गरेका छन् ।
दक्षिण एशियाको सबै भन्दा ठुलो मानिने बुसान इन्टरनेशनल फिल्म फेष्टिवलमा छानिएको यो फिल्मको नेपालको प्रदर्शन मिती भने टुंगो लागेको छैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses