कतै तपाईंले धोखा पाउँदै हुनुहुन्न ? यी लक्षण समयमै ख्याल गर्नुहोस्
१.पुराना साथीको सम्पर्कमा रहनुस :
सन् २०१३ मा गरिएको एक अध्ययन अनुसार धेरै व्यक्तिहरुको सम्बन्ध विच्छेदको कारण फेसबुक बनेको छ । प्रविधि तपाईंको रफ्तार भन्दा बढी नै दौडिरहेको हुन्छ, तर व्यक्तिगत जीवन सकाइरहेको हुन्छ ।
तपाईंले सामाजिक सञ्जालका कमेन्ट गरिरहनु भएको हुन्छ । तपाईंको पति या पत्नीसँग उनीहरुको सम्बन्धको बारेका शंका पैदा गराएको हुन सक्छ । साथीहरुले तपाईको पार्टनरसँग अन्तरंग कुराकानी गर्न भ्याइसकेका हुन सक्छन् ।
२. बोर मान्नु :
प्राय तपाईंको पार्टनर तपाईंसँग वा तपाईंको कामसँग बोर मान्ने काम भइरहेको छ ? हर कोहि खुसी रहन चाहन्छन् तर तपाईंको पर्टनरलाई तपाईंले खुसी बनाउन सक्नुभएको छैन भने उसँग तपाईंको लामो सम्बन्ध नरहन सक्छ ।
३. विश्वासमा कमी :
आजकाल प्रायः जोडीहरु घर बाहिर काम गर्ने गर्दछन् । उनीहरुका बीचमा थोरै समय मात्र भेट हुने गर्दछ । यस्तोमा दुवै जना एक अर्काप्रति शक हुने गर्दछन् । जस्तोकी दुइ मध्ये कुनै एक अलि ढिला घर आए झगडा पर्न सक्ने हुन्छ । यस्तोमा एकले अर्कोलाई विश्वास नगर्ने अवस्था आउन सक्छ ।
४. एउटा परिवर्तन भएको अर्कोले नोटिस गर्नु :
विवाह पहिला एकले अर्कोलाई २४ सै घन्टा फोन गर्ने, जागिरबाट पनि समय निकालेर भेट्न पुग्ने र दिनमै एक दुई पटक घुम्न जाने तर विवाहपछि भने यस्ता क्रियाकलाप पुरै बन्द गर्ने काम भयो भने सोच्नुहोस् तपाईंको सम्बन्ध धरापमा पर्ने छ । किनकी विवाहपछि दुवैमा परिवर्तन आउने छ ।
५. विचार नमिल्नु :
सम्बन्धलाई दिगो बनाउन सबैभन्दा ठूलो कुरा एक अर्काबीच अन्डरस्ट्याण्डिङको आवश्यकता पर्दछ । एकले अर्काको कुरामा विश्वास र समझदारी नहुँदा दुवैले विकल्प खोज्ने काम गर्दछन् । र अरु नै सेक्स पार्टनर खोज्ने सम्मका हर्कतमा दुवै लाग्दछन् ।
६. समाहित हुन नसक्नु :
खास गरि मागी विवाह गर्नेहरुका बीचमा समाहितको समस्या आउन सक्दछ । किनकी यसमा एकले अर्कालाई चिन्न र बुझ्न समय लाग्दछ । विवाहपछि एकले अर्कालाई बुझ्न सकेनन् भने न तपाईं खुसी हुनुहुन्छ, न त तपाईंको पर्टनर नै ।
७. अपेक्षा मिल्न नसक्नु :
डिभोर्सको अर्को कारण भनेको एकले अर्काको अपेक्षा बुझ्न नसक्नु पनि हो । एकले अर्कोमाथि भरोसा राखेको हुन्छन् । पार्टनरले यसो गरोस्, घुमाउन लगोस्, गिफ्टहरु किनिदिओस् । तर, विवाह पश्चात् यस्ता साना साना कुराको अपेक्षा पुरा नहुँदा सम्बन्ध पनि अधुरै रहन सक्छ । अतः तपाईको पर्टनरसँग यस्ता कुराहरुको लक्षण देखिएका छन् भने बेलैमा सचेत रहनुस् । नत्र, तपाईंको जीवनमा पनि डिभोर्स आउन सक्छ ।
atwww.nepalsandesh.com
0 comments
Write Down Your Responses