नव दुलहीलाई छाडेर १० बर्षिया बालिका बलात्कार

प्रेम सुनार/कार्तिक–४,गुल्मी ।
दिनभरी संगै खेतमा काम गर्दै जिस्कीदै गरेकी नव दुलहीको आँखा छलेर गुल्मीका एक व्याक्तिले १० वर्षिया वालिका वलत्कार गरेको खुलासा भएको छ । गत असोज २६ गते साँझ करिव ५ वजेको समयमा वाँझकटेरी–३ का १८ वर्षिया गोविन्द केसीले सोही वडाको फुर्सेधार भन्ने स्थानमा १० वर्षिया वालिका बि (नाम परिवर्तन ) लाई वलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले मंगलवार खुलासा गरेको हो ।

‘निज केसीले समेत आफुले ति वालिका वलत्कार गरेको स्वीकार गरेका छ्’– त्यस कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र नेपालले भने–‘ मेडिकल रिर्पोटले पनि वालिका वलात्कृत भएको देखाएको छ । ’ उनका अनुसार निजले फुर्सेधारको वाटोदेखि तल कोदोवारीमा लगेर वालिकाको मुख थुन्दै वलत्कार गरेका थिए । निजलाई पक्राउ गरी अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको नेपालले जानकारी दिए ।

स्थानियवासीका अनुसार केसी तिन महिना अघि मात्र विवाह गरेकी श्रीमतिसंग दिनभरी खेतमा काम गरेको र श्रीमति भन्दा करिव १ घण्टा अगाडी आई तल वेसीबाट मासको भारी बोकेर आएकी ति वालिकालाई समातेर तलवारीमा लगेर वलत्कार गरेका थिए ।

‘म र अंकलकी छोरी वेसीबाट मासको भारी बोकेर आउँदै थियौं’– पिडित वालिकाले भनिन –‘ वहिनीलाई हिड्दै गर भनेर पठायो र मलाई भारी विसाउन लगायो मैले मानिन उसले समातेर तल वारीमा लगेर मुख थुन्दै वलत्कार ग¥यो । ’ अहिले सम्म पनि आफ्नो शारिर काप्ने गरेको र पिसाप फेर्दा गुप्ताङ्ग दुख्ने गरेको ति वालिका बताउछिन् । उनका काकाले पनि उनि वेला वेलामा त्रसिने गरेको बताए ।

वलात्कार गर्दा म वेस्सरी चिच्चाएँ उ भाग्यो मैले रुदै घर आएर हजुर आमासंग भने पछि उहाँले गाउँमा सवैसंग भनेर प्रहरीलाई खवर गरेका हौं –ति वालिकाले भनिन् । गुल्मीमा गत एक वर्षको अन्तरालमा ११ वर्ष मुनिका ४ जना वालिका वलत्कृत भएका छन् । वल्तकार गर्ने पुरुष सेतै फुलेका बृद्ध त्यो पनि मन्दिरका पुजेरी समेत रहेका छन् ।

अचम्म लाग्दो कुरा त एक महिना अघि १५ वर्षिया किशोरीलाई सामुहिक वलात्कार गर्ने घटनामा १० वर्षिया वालिक समेत संलग्न रहेको प्रहरीले जनाएको छ । यस जिल्लामा वलात्कार घटना बढ्दै गएको प्रति यहाँको प्रहरी प्रशासन र अधिकारकर्मी चिन्तीत छन् । प्रहरीले गाउँ गाउँमा पुुगेर जनचेतना कार्यक्रम गर्ने तयारी गरेको प्रहरी निरीक्षक नेपालले बताए ।


/sajhasabal.com

, ,

0 comments

Write Down Your Responses