बाबुबाटै लुटियो हिरोइनको जवानी

अमेरिकी अभिनेत्री तथा फेसन डिजाइनर अमान्डा बायन्सको जवानी बाबुबाटै लुटिएको खुलासा भएको छ ।
यौन सम्बन्धका विषयमा अमान्डाले ट्विटरमा लेखेको कुराले अहिले उनका फ्यानलाई समेत चकित पारेको छ । ‘म आफ्नै पिताको शोषणको सिकार भएकी थिएँ । मेरो दिमागको माइक्रोचिप्स उनले नै नियन्त्रण गर्थे ।

बच्चा हुँदा मलाई उनी नराम्री भनेर बोलाउँथे र उनीसँग यौनसम्बन्ध राख्न भन्थे ।’ ट्विटरमा उनले आफ्नो पिता रिक बायन्सलाई आरोप लगाउँदै लेखेकी छिन्, ‘पिताको यस्तो कुरामा कस्तो प्रतिक्रिया जनाउने हो भन्ने म सोच्न सक्दिनथेँ । मैले यौनसम्बन्ध राख्न अस्वीकार गरेँ । तर पनि, जबरजस्ती उनको साथ रहनुपर्‍यो । यो मेरा लागि निकै भयानक सपनाजस्तो थियो । उनले गरेको गलत हर्कतको मैले भिडियो रेकर्ड गर्नुपथ्र्यो । जसलाई देखाएर उनलाई जेल पठाउन सकूँ ।’
तर, अमान्डाले लगाएको यो आरोपको परिवारले भने खण्डन गरेको छ । परिवारकै दबाबमा उनले ट्वीटरबाट यो पोस्ट हटाएकी थिइन् ।
dainiknepal.com

, ,

0 comments

Write Down Your Responses