सन्नी लियोन र तुषारको जोडी देख्न पाइने
एजेन्सी ।
बलिउड अभिनेता तुषार कुपर त्यति कामुक मानिँदैनन् ।
तर, अब उनमा पनि कामुकता छाउने चर्चा चल्न थालेको छ । बलिउडकी हट अभिनेत्री सन्नी लियोनसँग तुषारले फिल्म खेल्ने भएपछि सन्नीले उनलाई हट बनाउने चर्चा चलेको हो ।
यी दुईको लिडिङ रोल भएको फिल्म बन्ने भएको छ । निर्देशक मिलाप झावेरीको आगामी फिल्ममा उनीहरुले अभिनय गर्ने भएका हुन् ।
फिल्म सेक्स कमेडी हुने र यसको नाम 'मस्तीजादे' रहने समाचारमा उल्लेख छ । फिल्मको छायांकन सुरु भइसकेको छ ।
तुषार यसअघि नै सन्नीप्रति आकर्षित थिए । उनी अभिनीत फिल्म 'सुटआउट एट बडाला' को आइटम नम्बरमा सन्नी देखापरेकी थिइन् ।
निर्देशक सञ्जय गुप्तालाई भनसुन गरेर उनले सन्नीलाई आइटम नम्बरको अवसर दिलाएका थिए । अब सन्नीसँग फिल्ममा काम गर्न पाउँदा उनी मख्ख छन् ।
nepaliheadlines.com
0 comments
Write Down Your Responses