अनुष्का शर्माले को को सँग गरिन् रोमान्स
बलिउडमा मल्टिपल अफेयर नौलो कुरा होइन । अधिकाँश सुन्दरीहरुको नाम उनीहरुले चलचित्र खेलेका अभिनेतासँग जोडिइ नै हाल्छ ।
यस्तै धेरै नामसँग जोडिएकी अभिनेत्री हुन् अनुष्का शर्मा । हाल क्रिकेटर बिराट कोहोलीसँग सम्बन्धमा रहेकी भनिएकी अनुष्का शर्माको बलिउडका धेरै अभिनेतासँग जोडिइसकेको छ ।
रणबीर सिंहः
अनुष्काको पहिलो अफेयर रणबीर सिंहसँग चलेको थियो । रणबीरसँग ब्याण्ड बाजा बारात खेलेपछि अनुष्कासँग रोमान्स चलेको बताइन्छ ।
रणबीर कपुर
रणबीर सिंहसँगको प्रेम टुटेपछि अनुष्का र रणबीर कपूर नजिकिए । रणबीरसँग अनुष्काको लामै समय सम्म रोमान्स चलेको चर्चा बलिउडमा छ ।
शाहिद कपूरः
अनुष्काले शाहिद कपूरसँग खेलेको फिल्म बदमास कम्पनी पछि उनीहरु दुबैको नाम जोडिएको थियो। फिल्म खेलेपछि अधिकाँश अभिनेत्रीसँग नजिकिइ हाल्ने शाहिदले आफ्नो परंपरा अनुष्कासँग पनि कायम राखेका थिए ।
बिराट कोहोलीः
अनुष्काको पछिल्लो प्रेम चाँहि भारतका चर्चित क्रिकेटर बिराट कोहोली हुन् । विराट कोहलीको साथमा अनुष्काले एक स्याम्पुको विज्ञापनमा खेलेकी थिइन। यसपछि उनिअरु दुबैको अफेयर शुरु भएको बताइन्छ। हाल पनि उनीहरु देश विदेशमा रोमान्स गर्दै गरेका भेटिन्छन् ।
nepaliheadlines.com
0 comments
Write Down Your Responses