बालकले एक महिलालाई भने-‘सेक्स गर नत्र मार्दिन्छु’

लुधियाना । ३१ वर्षकी एक महिलामाथि आइतबार एक बालकमाथि यौन शोषण गरेको आरोपमा मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार उक्त महिला शिक्षिका हुन् र पीडित बालकलाई उनी ट्युशन पठाउने गर्दथिन् । आठ कक्षामा पढ्ने पीडित बालक आफ्नो परिवारको साथमा आरोपित महिलाको बाबुको घरमा भाडामा बस्छन्

। प्रहरीका अनुसार शिक्षिका १४ वर्षीय बालकमाथि यौन सम्पर्कको लागि दबाव दिने गर्दथिन् । ती महिलाले उक्त बालकलाई आफूसँग यौनसम्पर्क नगरे मारिदिने धम्की दिने गर्दथिन् । प्रहरीका अनुसार महिलाले एक भिडियो बनाएर ती बालकमाथि केही महिनादेखि ब्ल्याकमेल गर्दै आएकी थिइन् । आफूलाई पढाउने शिक्षकको उक्त ज्यादतीलाई सहनै नसकेपछि बालकले आफ्नो बाबुलाई उक्त कुरा बताएका थिए । आफ्नो छोरोको बयान सुनेपछि हैरान भएका बाबुले प्रहरीमा उजुरी दिएका थिए । उक्त महिलामाथि प्रोटेक्सन अफ चिल्ड्रेन फ्रोम सेक्सुअल अफेन्स एक्टअनुसार कारवाहीको माग गरिएको छ । प्रहरीका अनुसार आरोपित महिला अहिले फरार छिन् । प्रहरीले उनको आपत्तिजनक भिडियोहरु आफ्नो कब्जामा लिएको छ । जसलाई देखाएर महिलाले बालकमाथि ब्ल्याकमेल गरिरहेकी थिइन् । प्रहरी अहिले आरोपित महिलाको खोजी छ ।http://www.businesssansar.com/

,

0 comments

Write Down Your Responses