सेल्फी जेनेरेसनका लागि आयो लाभाको नयाँ स्मार्टफोन
काठमाडौं, कात्तिक ५ – लाभा मोबाइलले आफ्नो नयाँ स्मार्टफोन आइरिस एक्स ५ नेपाली बजारमा भित्र्याएको छ । लाभा मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता सीजी इम्पेक्सले भित्र्याएको उक्त नयाँ फोन
सेल्फी जेनेरेसनलाई लक्षित गरी उत्पादन गरिएको हो । एन्ड्रोइड ४.४ किटक्याट सिस्टमयुक्त यो फोनको मूल्य नेपाली बजारमा १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । उक्त नयाँ फोनमा ५ एमपीको फ्रन्ट र ८ एमपीको रेयर क्यामरा, ५ इन्च एचडी स्क्रिन, १.२ गिगाहर्ज क्वाड कोर, १ जीबी र्याम, ८ जीबी इनटरनल मेमोरी रहेको कम्पनीले जानकारी दिएको छ । www.ratopati.com
0 comments
Write Down Your Responses