सिनेमा भन्दा पनि चर्चित भयो सलमानको बहिनीको विवाह

सुपर स्टार बलिउड सलमान खानकी बहिनी अर्पिताको विवाहको रिसेप्सन पार्टी शुक्रबार मुम्बईस्थित ताज होटेलमा सम्पन्न भएको छ । गत मंगलबार हैदराबादस्थित होटल फलकानुमा सम्पन्न वैवाहिक कार्यक्रममा जस्तै रिसेप्सन पार्टीमा पनि राजनीतिज्ञ, उद्योगपतिदेखि बलिउड सेलिब्रेटीको लर्को लागेको थियो ।



खान परिवारको निम्तोमा कलाकार आमिर खान, शाहरुख खान, अजय देवगण, ऋतिक रोशन, गाविन्दा, कट्रिना कैफ, करण जोहर, सुनिल सेट्ठी, अनिल कपुर सहभागी थिए ।

त्यसैगरी उद्योगपति मुकेश आम्बानीदेखि प्रियंका चोपडा, दिया मिर्जा, सोनाक्षी सिन्हा जरिन खान, ज्याकलिन फर्नान्डेज, किरण राव, मिका सिंह, आदित्य रोय कपुर, तुषार कपुर, वरुण धवन, कवीर खान, रीतेष देशमुख, जेनेलिया, इमरान खान, फराह अख्तर, बोनी कपुर, मान्यता दत्त, श्रद्धा कपुर, रणवीर कपुरकी बहिनी रिद्धिमा कपुरलगायत बलिउडका दर्जनौं हस्ती होट ताज पुगेका थिए ।

बलिउड अभिनेता आमिर खान आफ्नी धर्मपत्नीका साथ भोजमा सहभागी भएका थिए ।

रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरिए पनि व्यस्ताताका कारण आउन नसकेको बताइएको छ । पछिल्ला केही दिन बलिउडमा तरंग ल्याएको अर्पिताको विवाहले चलचित्र गतिविधिलाई पनि छायामा पारिदिएको छ ।
एजेन्सी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses