पशुपति दर्शन गर्न सोनाक्षी सिन्हा नेपाल आउने
२०७१ मंसिर २१ गते
मुम्बइ । सलमान खानसँग हिन्दी फिल्म ‘दबंग’ मा काम गरेर चर्चामा आएकी अभिनेत्री सोनाक्षी सिन्हा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भएकी छिन् ।
धार्मिक स्वभावकी सोनाक्षी अभिनेता सत्रुघन सिन्हाकी छोरी हुन् । आउँदो क्रिशमसको छुट्टीमा उनी नेपाल आउने तयारी छ ।
पछिल्लो समय बलिउडका कलाकार नेपाल आउनेक्रम निकै बढेको छ । मंसिर २७ गले कपिल शर्मा र सोनु निगम काठमाडौ आउने भएका छन् भने पछिल्लो तीन महिनाको अवधिमा सुस्मिता सेन, रबिना टण्डन, अक्षयकुमार, आमिर खान लगायत थुप्रै कलाकार नेपाल आएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses