फेसबुकबाट बसेको माया भाउजुको किसले विवाह मण्डपमै तोडियो
एक उत्साहित भाउजुको किसले देवरको विवाह मण्डपमै टुटेपछि जन्ती बेहुली बिनै फर्केको छ । भारतको अलिगढमा एक युवकको विवाह मण्डपमै यसकारण टुट्यो कि उनकी भाउजुली सबैका सामु देवरलाई किस गरिन् ।
बरमालाको विधि पूरा गर्ने क्रममा जसै बेहुलीले बहुलालाई माला लगाइन् भाउजुले मण्डपमै पुगेर देवरलाई चुमिन । कुरा यतिमै मात्र पनि सीमित रहेन । चुम्बनलगत्तै भाउजुले आफ्नो देवरलाई तानेर डान्स गर्नका लागि लगिन्। डान्स सुरुभयो । बेहुलाले पनि भाउजुका साथ फ्लोरमा जमेर डान्स गरे। यो देखेर बेहुलीका परिवारजन भड्किए । उनीहरु गुनासो गर्न लागे।
त्यसपछि दुवै परिवारबीच बहस सुरु भयो। बहस यति बढ्यो कि विवाहमा आएका पहुनाहरु सबै घर फर्किए ।तर, बेहुलीका परिवारजनले बेहुलालाई बन्धक बनाए । धन्न दोस्रो दिन उनका परिवारजनले बेहुलाको सकुशल उद्धार गरेर घर लगे । तर, सामाजिक संजालबाट सुरु भएको प्रेम भने विवाह मण्डपमा पुगेर तोडियो।एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses