एमाओवादीले वाईसिएललाई फेरि सडकमा उतार्ने
२४ मंसिर, काठमाडौं ।
एकल जातीय पहिचादलाई स्वीकार नगर्ने कांग्रेस–एमाले अडानको प्रतिकार गर्न एकीकृत माओवादीले फेरि जातीय फोर्स निर्माणको कामलाई तीव्र बनाएको छ ।
पार्टीको सांगठनिक संरचनाअनुसारका राज्य र जिल्ला तहमा एमाओवादीले जातीय फोर्स निर्माणलाई तीव्रता दिएको हो ।
शान्ति प्रक्रियामा आएलगत्तै युद्धस्तरमा गठन गरिएको योङ कम्युनिष्ट लिग (वाइसिएल) कै शैलीमा एमाओवादीले अहिले त्यस्ता जातीय फोर्स गठन थालेको छ ।
त्यस्ता फोर्स निर्माणका लागि स्थायी समिति सदस्य गोपाल किराती देशदौडाहामा छन् । उनले लिम्बुवान, किराँत, मधेस, ताम्सालिङ, तमुवानलगायतका क्षेत्रमा जातीय फोर्स निर्माणलाई तिव्रता दिएका छन् ।
एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका अभियानका नेता किराँतीले पहिचानसहितको संघीय संविधान आगामी ८ माघभित्रै जारी गर्न दबाब दिने उद्धेश्यले त्यस्ता मार्चा गठन गरिएको दाबी गरे ।
एमाओवादीले पहिचानलाई नकारेर संविधान जारी गर्न खोजे जिल्ला तहमा स्थानीय स्वायत्त जनसरकारको घोषणा गर्ने र त्यस्तो सरकारले छुट्टै स्वायत्त प्रदेशहरु निर्माण गरेर काठमाडौं नाकाबन्दीका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । आजको राजधानीमा समाचार छ ।
nepaliheadlines.com
0 comments
Write Down Your Responses