खोलामा भेटिएकी शिशुले पाइन् धर्मआमा

नुवाकोट, १७ असोज । नुवाकोटको चौघडा गाउँ विकास समितिको वडा नम्बर ४ स्थित लिखु खोला किनारामा भेट्टिएको बेवारिसे बालिकाले सहारा पाएकी छन् ।

लिखु खोला किनारामा भेट्टिएकी बालिकालाई धादिङ निलकण्ठ गाउँ विकास समिति वडा नम्बर ४ का मीरा आलेमगरले अभिभावकत्व दिनुभएको हो । निःसन्तान रहनुभएका मीरा र कृष्ण आलेमगर दम्पतीले बेवारिसे भेट्टिएकी बालिकालाई आफ्नै छोरीको रुपमा स्वीकार गरेर आवश्यक कानुनी कागजात पूरा गरी घर लैजानुभएको हो ।
आफ्नो एउटै पनि सन्तान नभएकाले बालिकालाई छोरीको माया दिएर भरणपोषण गर्ने जिम्मा लिनुभएको मीराले बताउनुभयो ।
बालिकाको जिम्मा लिने मगर दम्पती अहिले विदुर नगरपालिका–९ डिबजारमा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
धादिङको स्थानीय बासिन्दा भए पनि उहाँहरू १२ वर्षदेखि नुवाकोटमा बस्दै आउनुभएको छ । सालनालसमेत नसुकेको अवस्थामा लिुख खोला किनारामा भेट्टिएकी बालिका अन्दाजी चार दिन जतिको रहेको उपचारमा संलग्न जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकले बताएका छन् । बालिकाको तौल दुई किलो ७०० ग्राम र अवस्था सामान्य रहेको स्वास्थ्य परीक्षणमा देखिएको छ ।
लिखु खोला किनारामा रोइरहेको अवस्था बुधबार सा“झ नाङ्गै भेटिएकी बालिकालाई स्थानीय जनताको सहयोगमा नुवाकोट प्रहरीले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा पु¥याएको थियो ।
बालिकालाई खोला किनारामा छाड्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिनुभएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses