अमेरिकी छात्रा भन्छिन्-भारत महिलाको लागि नर्क..
अमेरिकी छात्रा मिशेला क्रसले भारतका आफ्नो अनुभवको बारेमा लेखेको एक स्टोरीले इन्टरनेटमा तहल्का मच्चाएको छ। क्रसले भारतमा आफुमाथी भएको घट्नाको पोको खोलेपछि धेरै मानिसहरु त्रस्त बनेका छन् भने धेरै भारतियहरुले लज्जित महसुस गरेका छन्।
अमेरिकाको युनिभर्सिटी अफ शिकागोमा पढ्ने मिशेला क्रसले भारतमा आफूमाथी भएको यौन दुर्व्यहारको बारेमा खुलेर बताएकी छिन्।
दर्दनाक दुर्व्यवहार खपेर भारतबाट फर्किएपछि पनि गंभिर प्रकृतिको मानसिक डिसअर्डरबाट ग्रस्त भएकी थिइन् भने हाल यसकै कारण पढाईबाट विश्राम लिएर बस्नु परेको छ। उनले यसरी आफ्नो भारत बसाईको दर्दनाक कथा सिएनएनको आईरिपोर्टमा लेखेपछी १० लाख भन्दा बढि मानिसले उनको दर्दनाक स्टोरी पढेका छन् । उनको पिडादायक भोगाई पढेर १५ सय भन्दा बढि मानिसले प्रतिक्रिया व्यक्त गरेका छन् भने ९४ हजार मानिसले उनले लेखेको कुरा शेयर गरेका छन्।
मिशेला वर्षदिन अघि युनिभर्सिटीको शिकागको एक कार्यक्रममा तीन महिनाको लागि भारत आएकी थिइन्।
उनले भारतमा रहँदा बसमा पुरुषले घुर्ने, संवदेनशिल स्थलमा छुने देखी बलात्कारको कोशिस भएको बताएपछी पुरै विश्व भारतमा भइरहेको महिलामाथिको अपराधको बारेमा सोच्न बाध्य बन्न थालेको छ।
'इण्डियाःद स्टोरी यु नेभर वान्टेड टु हियर' शीर्षकमा उनले भारत बसाइको क्रममा आफुमाथी भएका यौनजन्य हिंसाको बारेमा विस्तारमा लेखेकी छिन्।
nepaliheadlines.com
0 comments
Write Down Your Responses